चोलेन्द्रको महाअभियोग निष्क्रिय भएको पत्र नआएको सर्वोच्चकाे स्पोष्टक्ति
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १९:९:४८
२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र आएको भन्दै बुधबार सर्वोच्च अदालत जाने बताएकाे समाचार बाहिरिएसँगै सर्वोच्चले प्रतिक्रिया दिएको छ ।
महाअभियोग निष्क्रिय भएको कुनैपनि पत्र वा जानकारी नआएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । त्यस्तो पत्र संसदले सर्वोच्चमा नपठाई राणा प्रधानन्यायाधीशको रूपमा अदालत आउन नसक्ने पनि उनको जिकिर छ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र आएकाले अदालत जान लागेको जबराले बताएका छन् । यसबारे सर्वोच्चलाई उनले खबर समेत गरेको दाबी गरेका छन् । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जबरालाई पत्र पठाइसकेको पुष्टि गरे ।
राणाविरूद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । दर्ता लगत्तैबाट उनी निलम्वनमा छन् ।अघिल्लो संसदले महाभियोग प्रस्तावमाथि छालफल गर्न समिति समेत गठन गरी छलफल गर्दागर्दै प्रतिनिधिसभा र प्रदेशसभाको घोषणा भएपछि महाभियोग प्रस्ताव टुंगोमा नपुर्याई अलपत्र छाडेपछि जबराले महाभियाेग निष्प्रभावी भएकाे दाबी गर्दै नियमित कार्य सम्पादनका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन मंगलबार सचिवायलयलाई पत्र लेखेका थिए ।
यही मंसिर ४ मा निर्वाचन सम्पन्न भई संसदमा नयाँ सदस्यहरु आइसकेका अवस्थामा संसद सचिवालयले जबरालाई ‘पहिला कार्य सम्पादन गर्न नपाउने गरी भएकोमा संसद नै गइसकेको हुनाले निष्प्रभावी भएको जानकारी गराइन्छ’ भनी जवाफ पत्र पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार