चोलेन्द्रमाथिको महाभियोग निष्प्रभावी नभएकाे सरकारको प्रष्टाेक्ति
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २०:४९:३८
२१ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भनी लेखेको पत्रबारे सरकारले मुख खोलेको छ ।
सरकारले सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने र जीवितै रहेको प्रष्ट पारेका छन् ।
बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा संचारकर्मीको प्रश्नको जवाफ दिँदै प्रवक्ता कार्कीले राणामाथि लगाइएको महाभियोग कायमै रहेको बताए ।
‘महाभियोग कायमै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘महाभियोग संसदको सम्पत्ति हो । नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं ।’
सचिवालयको पत्र प्राप्तपछि चोलेन्द्रश भने सर्वोच्च आउने तयारीमा छन् । उनी आउने बताएपछि नेपाल बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्चको मुख्य प्रवेश द्वारमा विरोधका व्यानरसहित धर्ना सुरु गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार