चाेलेन्द्रलाई लेखेकाे पत्र गैरकानूनीः महासचिव गुरुङ
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २१:४१:५१
२१ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियमित काममा फर्किन पाउने गरी संसद सचिवालयका महासचिव चरतराज गौतमले लेखेको पत्र गैरकानूनी रहेको बताएका छन ।
जबरा संसदको महाअभियोगपछि निलम्वन अवस्थामै रहेको र आउने संसदले मात्र त्यसलाई टुंग्याउन सक्ने उनले बताए ।
गुरुङ जबरालाई महाअभियोग लगाउनेमध्ये ल्याउन सक्रियमध्येका तत्कालीन संसदका एक सदस्य हुन् । उनी यसपटको प्रतिनिधिसभा निर्वाचनमा भने लमजुङबाट पराजित भएका छन् ।
अहिले लमजुङमा रहेका महासचिव गुरुङले जबरालाई काममा फर्कन दिने गरी संसद सचिवालयबाट पत्र पठाएको भन्ने कुरा संचारमाध्यमबाट सुनेको बताउँदै उक्त पत्र गैरकानुनी र अवैधानिक रहेको बताए ।
महाअभियोगको विषय संसदले मात्र निर्णय गर्न सक्ने उनको भनाइ छ । संसदमा उत्पत्ति भएको महाअभियोग एउटा संसदले नटुंग्याउँदा अर्को संसदमा जाने उनले बताए । यही मंसिर ४ मा आम निर्वाचन सम्पन्न भई संसदमा नयाँ सदस्यहरुले आइसकेका छन् ।
निर्वाचन परिणामको अन्तिम फाइल राष्ट्रपतिबाट प्रमाणिकरण गर्न मात्र बाँकी छ । राज्यका निकायले संविधानको पालना नगर्दा सबैतिर गलत सन्देश जाने र अराजकता बढ्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार