बिहे भोज खाएपछि बिरामी परेका अधिकांशमा आउँको किटाणु पु्ष्टि
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १८:५:३३
२२ मंसिर, काठाडौं । पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका अधिकांशमा आउँ रोगका किटाणु फेला परेको छ । तानसेनको मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका चिकित्सकले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गरिएको छ । उपचारका क्रममा अस्पतालमा गरिएको ल्याब परीक्षणमा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।
मंगलबार मिसन अस्पताल र बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए । बिरामीमध्ये कतिपयलाई सुधार आएपनि केहीमा पुनः समस्या देखिएको छ । बिरामीको दिसा जाँच गर्दा आउँको किटाणु फेला परेको लुम्बिनी प्रादेशिक अस्पतालका डा. विवेश। खनालले जानकारी दिए ।
सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला नरोकिने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिस पठाइएको उनले बताए ।
बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय घरपरिवारका १ सय ५० जना तीन दिनयता बिरामी परेका छन् । निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए ।
जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयले बिरामीहरुले कुन खानेकुरा खाएर बिरामी भएको हो भन्ने पत्ता लगाउन पानी जाँचका लागि नमुना संकलन गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार