भक्तपुरको सुवर्णेश्वर मन्दिरमा १०८ शिवलिंग स्थापना
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १८:४५:३७
२२ मंसिर, भक्तपुर । भक्तपुरको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिंग र सप्तऋषि स्थापना गरिएको छ ।
सूर्यविनायक नगरपालिका(५ कटुञ्जेस्थित मन्दिरमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार यसको उद्घाटन गरे ।
स्थानीय सूर्यविनायक नगरपालिका(५ कटुञ्जे निवासी मोडर्न स्कुल र कलेज दधिकोट र सृजनानगर भक्तपुरका संस्थापक बाबुकाजी कसपालले आफ्ना स्वर्गीय पूर्वज जिजुबुबा काजीमान कसपाल, स्वर्गीय हजुरबुबा रामलाल कसपाल, स्वर्गीय बुबा रत्नलाल कसपाल, स्वर्गीय मुमा च्यान्टीमाया कसपाल र दिवंगत भएका आफ्ना ज्ञातअज्ञात सम्पूर्ण पितृजनहरूको सम्झनामा शिवलिंग स्थापना गरिदिएका हुन् ।
१०८ शिवलिंग, सप्तऋषिसहित यसको परिसर कार्यमा लाग्ने सम्पूर्ण आर्थिक व्ययभार बाबुकाजी कसपालले नै योगदान गरेको स्वर्गद्वारी सन्यास आश्रम सुवर्णेश्वर कटुञ्जेका अध्यक्ष मुकुन्दप्रसाद लुइँटेलले बताए । यसअघि १०८ शिवलिंग स्थापना गरी पूजन गर्ने कार्यका लागि २० मंसिरमा पूर्वाङ्ग यज्ञादी र बुधबार शिवलिंग प्राणप्रतिष्ठा रूद्री पूजन, लाखबत्ती प्रज्वलन गरी यसको उद्घाटन गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार