मेलम्चीको पानी शुक्रबारदेखि काठमाडौंका घरघरमा
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २१:५९:९
२२ मंसिर, काठमाडौं । सुन्दरीजल आइपुगेको मेलम्चीको पानी शुक्रबारबाट काठमाडौं उपत्यकाका घरघरमा वितरण गर्ने र्भको छ । मेलम्ची खानेपानी आयोजना अनुसार आउँदो शुक्रबारदेखि उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गरिनेछ ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । करिब २७ किलोमिटर सुरुङ पार गरेर ४ दिन अघिमात्र काठमाडौंको सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी आइपुगेको थियो । सुन्दरीजलमा जम्मा गरिएको पानी वितरण गर्न लागिएको हो ।
प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको आयोजनाले जनाएको छ । ट्यांकी भरिएपछि शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी औपचारिक रुपमा घर–घरको धारहरूमा पठाइनेछ । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ ।
उपत्यकाको विभिन्न १० स्थानमा रहेको रजर्भ ट्याङ्कीमा पानी पठाउन करिब ७७ किमि पाइपबाट वितरण गर्नुपर्छ । आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना छ ।
पानी पठाउने क्रममा कतै प्राविधिक समस्याले ढिलो पनि हुन सक्ने आयोजनाको दाबी छ । पानी वितरण कार्यको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार