‘निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ’ भनेर अभिव्यक्ति नदिनुस् : अर्थमन्त्री
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २२:३१:३१
२२ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा लाग्नुपर्ने अवस्था नरहेको बताएका छन् । काठमाडौंमा बिहीबार ‘फिन इलेक्ट्रो टेक-२०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगीरव्यवसायीहरुका समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै उद्योगीरव्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए ।
उनले ‘निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ’ जस्ता अभिव्यक्ति नदिन व्यवसायीहरुसँग आग्रह गरे । सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको मन्त्री शर्माले बताए ।
मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले सडक रोज्नु गलत भएको बताउँदै सरकार व्यवसायीहरुका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको आश्वसन दिए ।
उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम नभएको बताउँदै बैंकको ब्याजदर, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताए ।
अर्को प्रसंगमा मन्त्री शर्माले अब विद्युत्लाई हाइड्रोजन बनाएर तेल आयात गर्ने देशलाई इन्धन निर्यात गर्ने देशमा पुर्याउने सरकारको लक्ष्य हुनुपर्नेमा जोड दिए ।
सरकार र राष्ट्र बैंकको गलत नीतिका कारण आफूहरु व्यवसायमा ठूलो क्षति व्यहोरेर कामबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी, अटो व्यवसायीहरु सडक आन्दोलनमा आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार