पीपीए नभए पुनः लोडसेडिङको अवस्था आउन सक्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ शुक्रबार ०:२४:६
२२ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पीपीए गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘फिन इलेक्ट्रो टेक–२०२२’ प्रदर्शनी कार्यक्रममा उपाध्यक्ष ढकाललेसो आग्रह गरेका हुन् । उर्जा क्षेत्रमा निजी क्षेत्रले खर्बौं रुपैयाँ लगानी गरिसकेको अवस्था रहेको र यसमा सरकारले पीपीए गर्न ढिलाई गरेमा लगानी खेर जाने बताए ।
‘कुलमान सर र अर्थमन्त्रीज्यूलाई म के भन्छु भने, बिजुली खपत कम भएको बहानामा निजी क्षेत्रका बिजुली उत्पादकहरुसँग पीपीए भएन भने निजी लगानीकर्ताहरु पूर्ण रुपमा निरुत्साहित हुनेछन्’ ढकालले भने, ‘चाँडै पीपीए गर्नुस्, हामी सरकारलाई सहयोग गर्न तत्पर छौं ।’ पीपीए गर्न ढिलाई गरिए पुनः लोडसेडिङको अवस्था आउन सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रबाट उत्पादिन बिजुली खरिद गर्न प्राधिकरण सरकारसँगको समन्वयमा पीपीए गर्न तयार रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार