सर्वोच्चमा रिट पक्षकाे बहसः ‘मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद जान्छ त श्रीमान् ?’
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार १८:५५:३४
२३ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग फुकुवा भएको भनी काटेको पत्रविरुद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । अहिले रिट निवेदकहरुले बहस गरिरहेका छन् । पत्र खारेजीको माग गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यलगायतले बुधबार रिट दायर गरेका थिए ।
अहिले रिट निवेदन वरिष्ठ अधिवक्ता एवं बारका अध्यक्ष पूर्णमान शाक्यले मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद गए के हुन्छ ? संवैधानिक इजलासमा प्रश्न गरेका छन् ।
संसदका महासचिव गौतमको पत्र असंवैधानिक भन्दै उनले ‘मुख्यसचिवको पत्रले पिएम (प्रधानमन्त्री) को पद जान्छ त श्रीमान् ?’ भनी प्रश्न गरे । संसदले अह्राएकाे काम गर्ने अधिकार मात्र रहेकाे सचिवालयले लेखेका पत्रकाे आधारमा महाअभियाेग निष्क्रिय हुन नसक्ने जिकिर गरे ।
प्रतिनिधिसभाले महाअभियोग टुंगो लगाउनुपर्नेमा नलगाएको र महाअभियोग सिफारिस समितिले अर्को प्रतिनिधिसभाले टुंगो लगाओस् भनेर सिफारिस गरेको अवस्थामा संसदका महासचिवले निलम्बन फुकुवा गर्न नसक्ने जिकिर गरे । उनले एउटा हाउसमा दर्ता भएको तर, नटुङ्गिएको विषय अर्को हाउसमा गएको उदाहरण समेत प्रस्तुत गरे ।
त्यसअघि बहस गरेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि महाअभियोग नयाँ प्रतिनिधिसभामा पेश हुने जिकिर गरेका थिए । ‘संविधानको धारा धारा १०१ को (६) अनुसार जबरा निलम्बित छन् । पत्र गैरसंवैधोनिक छ’ बहसमा उनले भने, ‘जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको गम्भीर आरोप लगाएका हुन् । ‘चोलेन्द्रलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजियो ।’
यस्तै, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवा पत्र दिने संसदमा महासचिव गौतमलाई अवहेलनामा कारबाही हुनुपर्ने बताएका छन् ।
पत्रले संसदको अधिकारी नांगो र निर्लज्ज रुपमा संसदको खिल्ली उडाएकाे भन्दै पत्र लेख्ने र लेख्न लगाउनेलाई संसदको अवहेलनामा कारबाही हुनुपर्ने जिकिर गरे । सुनुवाइका लागि सर्वोच्चले कामु प्रन्या हरिकृष्ण कार्कीको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास भएको छ । बहस जारी छ ।
बुधबार महाअभियोग निष्प्रभावी भएको पत्र पाएपछि निलम्बित प्रधानमन्त्री न्यायाधीश जबरा नियमित कामकाजमा सर्वोच्च फर्किने जोड गरिरहेका छन् ।
तर काममा फर्कन सक्ने भन्दै प्रवेश रोक्न नेपाल बार एसोसिएसनले कानूनी व्यवसायीहरुको साथ लिएर पहिलेझैं सर्वोच्चको मुख्य प्रवेश द्वारमा धर्ना दिइरहेका छन् । महाअभियोग अब आउने संसदले टुंगो नलगाएसम्म सर्वोच्च प्रवेश हुन नदिने उनीहरुको तर्क छ । जबरा भने उमेर हदका कारण अर्को साता अवकाश हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार