चोलेन्द्रकाे महाअभियोग फुकुवा गर्ने पत्रविरुद्धको रिटमा सुनवाइ सकियो
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार १९:४८:४६
२३ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद सचिवालयले दिएको पत्रविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलगायत ६ जना वरिष्ठ अधिवक्ताहरूले रिटमाथि संवैधानिक इजलासमा बहस गरेका छन् ।
बहसका क्रममा उनीहरुले पत्र अवैधानिक भएको र जबराको महाअभियोग निष्प्रभावी नभएको दाबी गरेका छन् । वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, बद्रीबहादुर कार्की, टिकाराम भट्टराई र बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।
जबराको महाभियोग निष्प्रभावी भएको पत्र संसद्मा महासचिव डा. भरतराज गौतमले यही मंसिर २२ मा पत्र पठाएपछि सो दिन सर्वोच्चमा रिट परेको थियो ।
उक्त रिटमाथि सुनुवाइका लाग सर्वोच्चको पूर्ण बैठकले शुक्रबारकै लागि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलास गठन गरेको थियो । सुनुवाइ सकिएसँगै न्यायाधीशहरु छलफलमा जुटेका छन् ।
रिटमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।
जबरामाथि गत फागुनमा तत्कालीन सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि महाभियोग छानबिन गर्न समिति समेत गठन गरी जबरासँग बयान लिएपनि निर्वाचनका कारण समितिको प्रतिवेदन अलपत्र अवस्थामा छ ।
राजनीतिक दलहरुले पनि प्रतिवेदन अब बन्ने संसदमा पेश भई छलफल हुने बताइरहेका छन् । तर महासचिव गौतमले भने महाअभियोग उत्पत्ति भएको संसद नै नरहेको दाबी गर्दै महाअभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाजमा फर्कन भन्दै जबरालाई पत्र दिएपछि महाअभियोग विवादित बन्न पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार