ठूलो परिमाणको गाँजासहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार २०:५१:४१
२३ मंसिर, काठमाडौं । विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागूऔषध गाँजाको धुलो ३८ केजीसहित सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडेरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसमेत तीनजनालाई अवैध लागूऔषध गाँजा तीन सय ग्राम र नगद एक हजार पाँच सय ८० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार