निजामति सेवा ऐन नआउदा कर्मचारीमा समस्या
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार २१:५६:५८
२३ मंसिर, स्याङ्जा । नेपाल निजामति कर्मचारी युनियनले कर्मचारी मैत्री संघिय निजामति सेवा ऐन नआउदा कर्मचारीमा समस्या बन्न थालेको ठहर गरेको छ । युनियनले नेपालको पहिलो स्याङ्जा स्थित् पर्यटकीय गाँउ शिरुवारीमा राखेको दोस्रो पुर्ण बैठकले मुलुक संघियतामा गएर पनि सरकारले कर्मचारी ऐन ल्याउनमा ढिलाई गर्दा कर्मचारीमा समस्या हुने ठहर गरेको हो । बैठकमा कर्मचारी समायोजन र निजामति ऐनका बिषयमा गम्भिर छलफल भएको युनियनका महासचिव जनक रावलले जानकारी दिए ।
संघियता पछि भएको कर्मचारी समायोजन विभेदकारी छ भन्ने हाम्रो ठहर छ उनले भने,‘आधिकारीक ट्रेडयुनियनले समेत यसमा आवाज नउठाउनु दुखद छ ।’ सरकारले कर्मचारीको समस्याको बिषयमा छिट्टै सम्वोधन गर्नुपर्छ उनले भने । विभेदपुर्ण समायोजनले नागरिकको सेवा प्रवाहमा समेत असर गरिरहेको छ रावलले भने,‘यो बैठकले जतिसक्दो निजामति सेवा ऐन ल्याउन माग गर्दछ ।’ संघियतामा मुलुक प्रवेश गर्दा कर्मचारी ऐन ल्याउन ढिलाई हुँदा तहसनहस सिर्जना भएको छ उनले भने ।
पर्यटकीय गाँउको प्रवद्र्धन सगै नेपालको आर्थिक समृद्धिमा कर्मचारीको पनि महत्वपुर्ण भुमिका हुनाले युनियले पहिलो पर्यटकीय गाँउ शिरुवारीमा बैठक आयोजना गरिएको जनाएको छ । देशभरीबाट झण्डै ११० जना राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको सो बैठकले शिरुवारीलाई पर्यटन प्रवद्र्धन सिकाई केन्द्रको रुपमा विकसित गर्न पनि माग गरेकोे छ । बैठक पछि निकालिएको घोषणपत्रमा नागरिक र युनियनका कर्मचारी विच गहिरो सम्वन्ध, आवश्यकता र दुर्गम ठाँउमा स्वास्थ्य शिविर, कृषि शिविर लगायत प्रशासनीक शिविरहरु आयोजना गर्ने, नागरिकको समस्यालाई प्रभावकारी बनाई नागरिक मैत्री सेवा उपलब्ध गराउन पहलकदमी थाल्ने लगायतका बिषय उल्लेख गरिएको युनियनका उपाध्यक्ष तथा बैठक व्यवस्थापन समितिका संयोजक पुरन गुरुङ्ले बताए ।
दुईदिन सम्म चलेको बैठकले देशको समसामयीक राजनीतिक बिषयमा पनि छलफल गरेको बताइएको छ । भर्खर देशभर आम निर्वाचन सकिएको छ उपाध्यक्ष गुरुङ्ले भने,‘अब बन्ने सरकारले कर्मचारी निजामति सेवा ऐन ल्याउने छ भन्ने विश्वस्थ छौं ।’ यो ऐन ल्याउन जति ढिला भयो त्यसको असर नागरीक सेवा प्रवाहमा पर्छ उनले भने । संघियता स्वरुपको ऐन नआउदा थप दरबन्दीमा विज्ञापनमा समेत समस्या हुने गुरुङ्ले बताए ।
संगठन बिस्तार सगै सुदृढिकरण र स्थानीयतहमा युनियनका कर्मचारीलाई सक्रिय बनाउने योजना अगाडी सार्ने बताइएको छ । कर्मचारी युनियनको विधानमा केही त्रुटीहरु रहेकाले तत्काल राष्ट्रिय भेला गरी विधान संशोधन गर्ने प्रस्ताव बैठकले पारित गरेको महासचिव रावलले बताए । कर्मचारी युनियनले केन्द्रीय बैठक शिरुवारी गाँउमा राखेर पर्यटन प्रवद्धनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै शिरुवारी हामस्टे समितिले प्रशंसा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार