सर्वोच्चले भन्यो- गौतमको पत्र विवादित, महाअभियोग निष्प्रभावीको कानूनी आधार देखिएन
नेपालबहस संवाददाता
मंसिर २३, २०७९ शुक्रबार २३:४:४६
२३ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगबारे लेखेको पत्रबाट महाअभियोग निष्प्रभावी भएको आधार खुल्न नसकेको निर्णय गरेको छ ।
सचिवालयका महासचिव डा. भरतराज गौतमले जबराको पत्रलाई आधार मानेर बुधबार मात्र जबरालाई महाअभियोग निष्प्रभावी भएको जनाउँदै पत्र काटेका थिए । सो पत्र असंवैधानिक रहेको भन्दै सर्वोच्चमा परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार भएको सुनुवाइपछि निष्प्रभावी नभएको निर्णय गरेको हो ।
कामु प्रधान न्यायाधीश ‘हरिकृष्ण कार्की नेतृत्वकाे पाँच सदस्यीय संवैधानिक इजलासले उक्त पत्र कार्यान्वयन नगर्न र कारण पेश गर्न अन्तरिम आदेश दिएको छ । इजलासमा न्यायाधीशरहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन् ।
महासचिच गौतमले मिति २०७९/८/२१ मा लेखेको विवादित पत्रमा सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको भनी उल्लेख भएको पाइएकोमा पत्रमा निष्प्रभावी हुनुको कानूनी आधार भने खुल्न आएको देखिँदैन’ अन्तरिम आदेशको दोस्रो पृष्ठमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार