खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटनामा वृद्धिः आयोग
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १७:५७:२३
२५ मंसिर, खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश नं. १ का ३ जिल्लामा हिंसाका घटना बढेकाे जनाएकाे छ । प्रदेशका खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ ।
७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१औं लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको, समयमै दोषी पत्ता लगाउन नसक्दा न्यायिक अधिकारबाट वञ्चित हुनु परेको देखिएको औंल्याएका छन् । आयोगले प्रस्तुत गरेको मानव अधिकार अवस्थाको संक्षिप्त झलकमा तीन जिल्लामा आत्महत्या दर पनि बढ्दो क्रममा रहेको उल्लेख छ ।
यस्तै, अदालतको फैसला हुँदा समेत नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएको, जन्मदर्ताको अधिकारबाट वञ्चित भएको, कारागारको भौतिक संरचना व्यवस्थित हुन नसकेको पाइएको आयोगले जनाएको छ ।
सरकारको मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकासको लक्ष्य प्राप्ति गर्नेसम्बन्धी क्रियाकलाप कार्यान्वयन हुन नसकेको, चार स्थानीय तहबाहेक अन्यले महिलासम्बन्धी नीति, कानून तर्जुमा गर्न नसकेको मानव अधिकार अधिकृत गौतमले बताए ।
आयोगले दर्ता भएका ५५ उजुरीमध्ये ४६ वटा उजुरीउपर अनुसन्धान सम्पन्न गरी निर्णयार्थ पेश गरेको, मानव अधिकार उल्लंघनका घटनामा आरोपित बहालवाला प्रदेश सांसद, पूर्वप्रजिअलगायतका कर्मचारी गरी ४२ जनालाई प्रमाण पेस गर्न र सफाया पेस गर्ने मौका दिइएको जानकारी दिएको छ ।
यस्तै, मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि तीनै जिल्लाका समन्वय समिति र पालिकामा पत्राचार र सात पालिकामा अन्तरक्रिया गरेको, महिला र बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक, वातावरण र विकास, शिक्षा स्वास्थ्य लगायतका विषयगत अनुगमन र अन्तरक्रिया गरिएको जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार