‘नेपाल मिडिया अवार्ड’ हुने, ‘लाइफ टाइम एचिभमेन्ट’ दिइने
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १८:५२:२०
२५ मंसिर, काठमाडौं । ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी २४ माघमा चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न लागेको हो ।
अवार्ड समारोहमा नेपाल सरकारका विशिष्ट व्यक्ति र दुई सयभन्दा बढी पत्रकारको उपस्थितामा अवार्ड समारोहको आयोजना गर्ने तयारी ड्रिम हाई नेपालको छ । सक्रिय रूपमा पत्रकारिता गरिरहेका १० हजार बढी पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यका साथ दोस्रोपटक नेपाल मिडिया अवार्ड आयोजना गर्न लागिको ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले जानकारी दिए ।
नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामग्री [email protected] मा पठाउन आह्वान गरिएको छ ।
कुल २५ विधामा वितरण गरिने अवार्डमा भाग लिन चाहने पत्रकारहरुले आफ्नो स्टोरीसहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न सञ्चालक जिसीले आग्रह गरे । २५ मध्ये यस वर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एकजना वरिष्ठ पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्डसमेत प्रदान गरिनेछ । अवार्डमा सहभागी बन्न चाहने पत्रकारहरुले २० पुसभित्र आफ्ना प्रकाशित तथा प्रसारित सामग्री इमेलमा पठाइसक्नुपर्नेछ ।
टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिताअन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको प्रकाशन र प्रसारण भएका सामग्रीलाई सञ्चार विज्ञसहितको तीन सदस्यीय निर्णायक टिमले छनोट गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार
माघेसंक्रान्ति मेलाको तयारी अन्तिम चरणमा
पुष २८, २०८१ आइतबार