बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी, भाडा वृद्धि फिर्ता गर्न माग
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १९:३८:८
मंसिर २५, बुटवल । अन्यायपूर्ण तरिकाले भाडा बढाएकाे भन्दै उद्योगीहरूले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।
बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा उनीहरूले आइतबार बिहान विराेध जुलुससहित पुगेर व्यवस्थापन कार्यालयमा तालबन्दी गरेका हुन् ।
आइतबार बिहान १० बजे नै कालो ब्यानरसहित व्यवस्थापन कार्यालयमा पुगेका उद्योगीहरूले कार्यालयमा विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । उनीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको चर्काे मात्रामा भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गरेका छन्।
उनीहरूले कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको बताएका छन्।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । भाडा बढाउने निर्णय फिर्ता लिनुपर्ने बताए।२४ घण्टाको लागि सांकेतिक रूपमा तालाबन्दी गरिएको तर व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुकाे चेतावनी छ । दर्जनाैं संख्यामा सहभागी उद्याेगी, व्यवसायीहरूले व्यवस्थापन पक्षले वृद्धि गरेकाे भाडा तत्काल पफिर्ता लिनुपर्ने माग अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बुटबल औद्योगिक व्यवस्थापन कार्यालका प्रमुख निमेश अधिकारीले करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नगरिएको र अहिले उठाउने भनिएको भाडा पनि २०७५ सालमा गरिएको निर्णय अनुसारको रहेको बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड रुपैयाँ भाडावापतको बक्यौता उठाउन बाँकी छ ।
बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपैयाँ भाडा लिँदै आएकोमा २०७५ सालमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार