तीनै तहको सरकार एक भएर अघि बढेमात्र देश बनाउन सकिन्छः अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २०:२९:१
२५ मंसिर काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले अब देश बनाउनका लागि तीनवटै तहका सरकार आरोप र प्रत्यारोपमा नलागि विगतका कमजोरीको समीक्षा गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । उनले तीनवटै सरकारलाई सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढन सुझाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष दिएर अब पन्छने समय नभएको बताए । उनले जति जे गर्नु पर्ने थियो त्यो भइसक्यो भन्दै अब जनता र देशको हितमा काम नगरे देशमा अर्को परिस्थिति आउने सक्ने चेतावनी दिए । नेपालले अब कसैलाई कसैप्रति अरोप लगाउने छुट नभएको बताए ।
उनले विगतका कमिकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिए । उनले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने भन्दै मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने बताए । विगतको समीक्षा गरेर भविश्यको बाटो स्पष्ट बनाएर सरकार अगाडी बढ्नुपर्ने नेपालको भनाइ छ ।
नेपालले भने, ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढनु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकुन् । सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ ।’
अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिले सबल ढंगले काम गर्ने विश्वास व्यक्त गरे । उनले महिला हिंसामुक्त पालिका बनाउन, छुवाछुतमुक्त मेरो पालिका बनाएर देखाउन र सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका जनताले हेर्न चाहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार