सरकारमा सहभागिताबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा छलफल
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २१:५५:४३
२५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनमा चाैथाे स्थानकाे नतिजा ल्याएसँगै सरकारमा जान सक्ने सम्भावनाबारे लचकता देखाइरहेको छ । पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रमाणपत्र बुझ्दै भनेका थिए, ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेनन् तर देश हितका लागि आवश्यक पर्यो भने हामी साथ दिन्छौं ।’
सुरुवाती चरणमै सरकारमा सहभागी हुने छनक दिएको रास्वपाले आइतबार सरकारमा सहभागी हुनेबारे छलफल गर्ने जनाएको छ । पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा सहभागी बन्न आफूहरू तयार रहेको बताए ।
पार्टीले निर्वाचनका क्रममा सार्वजनिक गरेका वाचा पत्र कार्यान्वयनबारे सकारात्मक रहेका दलहरूसँग सहकार्य गर्न तयार रहेको प्रवक्ता ढकाल बताउँछन् । उनी भन्छन्, ‘हामी सरकारमा सहभागी हुन तयार नै छौैं । तर पार्टीले निर्वाचनका क्रममा गरेका वाचा पत्रको कार्यान्वयनप्रति सरकारात्मक दलहरूसँग मात्र यो सम्भावना रहन्छ ।’
रास्वपाले आफ्नो चुनावी वाचा पत्रमा मात्र होइन उसका शीर्ष नेताहरूले नै सार्वजनिक कार्यक्रममा पुराना दलहरूप्रति वितृष्णा पोख्ने गरेका छन् । पुराना भनिएका दल तथा तिनका नेताहरूलाई सत्तोसराप गरेर निर्वाचनमा उदाएको पार्टीले उनीहरूसँगै सत्ता सहकार्य गर्ने निर्णय अमिल्दो रहेको कतिपयको तर्क छ ।
चुनावी वाचा पत्रमा ठूला दलप्रति रास्वपाको धारणा रास्वपाले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एउटै डालोमा राखेर विश्लेषण गरेको थियो । ती दलहरूका कारण देश स्वार्थ र भ्रष्टाचारको जालोमा फसेको आरोप लगाइएको छ।
रास्वपाको चुनावी वाचा पत्रमा कांग्रेस एमाले र माओवादीलगायतका दलहरुको धरातलबाट राज्यसता सञ्चालन भएकाले सम्पूर्ण मुलुकको लोकतान्त्रिक व्यवस्था नै जोखिमपूर्ण बनेको समेत भनिएको छ । यद्यपि आमनिर्वाचन २०७९ ले यिनै दलहरू निर्णायक मत पाएर सरकार गठनको प्रक्रियामा अघि बढिरहेका छन् ।
चुनावअघिको सत्ता गठबन्धनले निरन्तरता पाए कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था छ । यदि कम्युनिष्टलगायतका दलहरूले नयाँ सरकार गठनमा सहकार्य गर्दा एमालेले यसको नेतृत्वमा समेत सरकार बन्ने प्रबल सम्भावना छ ।
यहाँ रास्वपाले सरकारमा सहभागी हुने भनेको यिनै दुई विकल्पमा हो । यसो भन्नुको अर्थ उसले एउटै श्रेणी राखेर विश्लेषण गरेका दलहरूको नेतृत्वमा सत्ता साझेदार बन्ने दाउ सरासर चुनावी वाचा पत्रविपरीत देखिन्छ । अझ उसले भनेका वाचा पत्रमा उल्लेख गरेको प्रदेश खारेजीको विषय यी दलहरूकै नेतृत्वमा स्थापित भएको एजेण्डा हो ।
संघीय शासन प्रणालीबारे सार्वजनिक रूपमा आलोचना बढे पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संघीयताको सुदृढीकरणको विकल्प नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्रीले भनेको संघीयता सुदृढीकरणको आशय खारेजी भन्ने बुझिँदैन ।
रास्वपा प्रवक्ता ढकालले भनेजस्तो रास्वपाको चुनावी वाचा कार्यान्वयनमा समर्थन गर्ने दलहरूको खासै चासो दिएको पनि देखिँदैन। सत्ता गठबन्धन वा एमाले गठबन्धनतर्फको दलहरूले पनि उक्त पार्टीसँग सत्ता सहकार्य गर्न रुचि देखाएको समेत पाइँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा गरेको राइट टू रिकल र राइट टू रिजेक्टको प्रावधान यिनै दलहरूको नेतृत्वमा रहेको सरकारले पूरा गर्न तत्काल असम्भव देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार