एउटै जिल्लाबाट १५ जना समानुपातिक सांसद
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २३:४२:५०
२५ मंसिर, धनुषा । मधेश प्रदेशमा एकै जिल्लाबाट संघीय संसद प्रदेश सभामा गरी १५ जना समानुपातिक सांसद चयन भएका छन् । धनुषाबाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ पाँच जना र मधेस प्रदेश सभाका लागि १० जना सांसद छानिएका हुन् ।
प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, मुक्ताकुमारी यादव, एमालेबाट प्रतीक्षा तिवारी मुखिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जनमत पार्टीबाट अनितादेवी साह समानुपातिक सदस्यमा छनाेट भएका हुन् ।
माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समानुपातिककाे सूचीमा धनुषाबाट कसैकाे नाम समावेश गरेकाे छैन । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि पटक पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित भएका थिए । तर यस पटक कांग्रेसले उनलाई समानुपातिक कोटामा राखेको छ ।
यस्तै एमालेबाट समानुपातिककाे सूचीमा पर्नु भएकी मुक्ताकुमारी यादव दोस्रो संविधान सभा चुनावमा नेपाली कांग्रेसबाट मनोनीत भएका थिए । एमालेबाट समानुपातिक सांसद बनेकी प्रतीक्षा तिवारी मुखिया पनि संविधान सभा २ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य बनेका थिए । माओवादी परित्याग गरेपछि यसपालि उनलाई एमालेले समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको छ ।
मनिष झा र अनिता देवी साह भने पहिलाे पटक सांसद बनेका हुन् । अनिता देवी साह जनकपुरधाममा भएको बमकाण्डमा दोषी देखिएपछि जेल पर्नु भएका पूर्व मन्त्री सञ्जय साह टकलाकी बहिनी हुन् । प्रदेश सभामा समानुपातिकतर्फ कांग्रेसबाट अञ्जना पण्डित, एमालेबाट पलेटीदेवी महरा, पल्टीदेवी यादव, फुलोकुमारी देवी, शिला यादव, नाजिमा खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत यादव, माओवादीबाट शारदा दास पहाडी, सुनिता यादव र जसपाबाट ममता मण्डलकाे नाम पठाइएकाे छ ।
एमालेबाट रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो भने प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाटै विजयी भइसकेका छन् । महासेठ धनुषा क्षेत्र नम्बर ४ र महतो धनुषा ३ बाट विजयी भएका हुन् । यस्तै, एमालेले प्रदेश सभामा धुनषाबाट एकै पटक पाँच जनालाई सांसद बनाएको छ ।
धनुषा २ (१) बाट लखन दास, धनुषा ४ (२) बाट हरिनारायण महतो, धनुषा ३ (२) मा दिपेन्द्र ठाकुर, धनुषा १ (२) बाट रामचन्द्र मण्डल विजयी भएका छन्। मधेस प्रदेशमा धनुषा जिल्लाबाट नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, जनमत, लोसपा र राप्रपाबाट भने समानुपातिकतर्फ सांसद चुनिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पहिलो महाभियोग सुनुवाइमा उपस्थित नहुने
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार