कर्णालीमा ५२ प्रतिशत बालविवाह, सुत्केरी हुन नसकेर मृत्यु हुने दर ३० प्रतिशत
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ सोमबार ०:२६:९
२५ मंसिर, सुर्खेत । सुत्केरी हुन नसकेर आर्थिक वर्ष वर्ष २०७८७९ मा १७ मृत्यु भएका मध्ये २० वर्ष मुनिका पाँच जना रहेका छन् । कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको यो आकडाले देखाउछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन् । शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको उनको भनाई छ ।
बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजानिक नहुने गरेको पाइएको छ । बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको सिंहले बताइन् । कानुनले २० वर्ष नपुगि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाबाट अभियान सञ्चालन भए पनि बालविवाह न्यूनीकरण हुन नसकेको हो ।
कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्यांक छ। गरिबी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दूरुपयोगले पनि बालविवाह बढ्दो छ। जनचेतनामूलक कार्यक्रम भइरहे पनि अपेक्षित रूपमा बालविवाह न्यूनीकरण हुन सकेको छैन। उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ ।
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कलिलो उमेरमा आमा हुनेको संख्ययामा कमी आउन नसकेको पाइएको छ । २०७६ यता कर्णालीमा गर्भवती हुनेको तथ्यांकअनुसार १६ हजार ७०१ जना २० वर्षमुनिका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ३२८ जना २० जना, २०७७/७८ मा छ हजार २० जना र २०७८/७९ पाँच हजार ३५३ जना २० वर्षमुनिका छन् । कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको छ ।
समाजमा बालविवाह भए पनि अधिकांश जात मिल्नेसँग भएमा चुपचाप लाग्ने र फरक जात हुन वित्तिकै प्रहरी सम्मा पुग्ने गरेको पाइन्छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा २० वटा, २०७८/७९ मा ११, २०७९/८० मा छवटा उजुरी बालविवाह दर्ता भएका हुन् । बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने तयारी थालेको बताइएको छ । बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको, छात्रवृत्तिलगायतका सचेतनाका कार्यक्रम सञ्चालन ल्याएको छ ।
आर्थिक समस्यदेखि बढ्दो प्राविधिको दूरुपयोगका कारण बालविवाह बढी हुने गरेको पाइन्छ । परिवारका गलत संस्कार र बालबालिकाको निगरानी नहुँदा पनि बालविवाह बढेको सरोकारवालाको भनाइ छ । पहिले सूचनाको पहुँच सबै ठाउँमा नहुँदा बाल विवाह भएपनि थाहा नहुने गरेको र अहिले सबै ठाउँमा पहुँच बढेसँगै सबै कुरा थाहा हुने गरेको नागरिक अगुवा तथा बाल विवाह न्यूनिकरण अभियानतका अभियानता राजेन्द्रविक्रम शाहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
पुष २८, २०८१ आइतबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार