आइएमईको अफर : चौध हजार पठाउँदा १० लाख उपहार, सेवाग्राही मेखलाल तामाङ्ग बने बम्पर विजेता
नेपालबहस संवाददाता
मंसिर २६, २०७९ सोमबार २१:४३:१५
२६ मंसिर, काठमाडौं । आइएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल भएका छन् ।
मलेसियाबाट आइएमई मार्फत रू। १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू। १० लाख उपहार स्वरुप प्राप्त गरेका छन् । बुधबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखि अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । आइएमई सवैको माया र विश्वास प्राप्त ब्राण्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्राण्ड सवैसँग जोडियोस् र सवैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया शुरु भएको जानकारी गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका ब्राण्ड एम्बासडर एवम् बरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे । ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए ।
यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम सञ्चालनमा ल्याइएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ ९तदनुसार सेप्टेम्बर १ – नेभेम्बर २, २०२२० सम्म कूल ९ हप्ता अर्थात ६३ दिनसम्म संचालनमा ल्याइएको थियो ।
अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू। २५,००० ९पच्चिस हजार रुपैयाँ० उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था मिलाइएको थियो । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू। १०,००,०००र– ९रुपैयाँ दश लाख० उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका सदस्यको सम्पती विवरण, अधिकांशको सम्पत्तीमा श्रीमती हावी
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार