टिप्परको ठक्करपछि घाँटी थिचेर हत्या गरेको आरोप
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार १७:४६:२४
२७ मंसिर, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको मृत्यु टिपरको ठक्करबाट नभइ हत्या गरिएको बताएका छन् ।
यही मंसिर २५ गते राति ११ बजेतिर २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको दाबी गरिए पनि परिवारले भने हत्या भएको बताएका छन् । फुयाँललाई बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएकाे थियाे । टिपरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
ठक्करबाट घाइते भएका फुयाँललाई चालक र अन्य मानिसहरु मिलेर बालुवा लाेड गर्न प्रयाेग गरिने सावेलले घाँटी थिचेर हत्या गरेको आराेप मृतकका दाजु जयरामले लगाएका छन् । घटनामा संलग्नताको आशंका प्रहरीले शिव बलामी र बिमल बलामीलाई पक्राउ गरिसकेको छ ।
दोषीलाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउन माग गर्दै सोमबार पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेराउ गरेका छन् ।
अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार
सवारी दुर्घटनामा तीन जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार