महानगर दिवसमा ८९ सामुदायिक विद्यालयमा सरसफाइ
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार १९:२१:५०
२७ मंसिर, काठमाडौं । काठमाडाैं महानगरपालिकाले महानगर दिवसको अवसरमा आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ ।
कामपाले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान सामुदायिक विद्यालयको सरसफाइ गरेको हो ।
कार्यक्रममा कामपाले विद्यालयलाई नियमित रुपमा सफा राख्न सफाइ उपकरण उपलब्ध गराएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । विद्यालय सफा गर्न अभिभावक, शिक्षक र जनप्रतिनीधिको सहभागिता थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कामपाले नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला÷निबन्ध र वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।
कार्यक्रमको विशेष दिन अर्थात् यही मङ्सिर २९ गते विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, स्वस्थ्य शिविर सञ्चालन र विभिन्न विधाका लागि सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ । दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २८ गते बिहान उद्घाटन गरिनेछ ।
२०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौं नगरलाई महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रुपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार