राष्ट्रिय जनमोर्चा पनि अध्यादेशको विरोधमा
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २०:५३:१७
२७ मंसिर, काठमाडौं । सत्तारुढ राष्ट्रिय जनमोर्चा सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न ल्याएको अध्यादेशको विरोधमा उभिएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर अध्यादेश जारी भएमा सर्वस्व हरणसहित कैद सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले रिहा हुने बताएका छन् । रिहा हुने गरी अध्यादेश ल्याउन नहुने उनको भनाइ छ ।
उसले सरकारले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने उल्लेख गरेका छन् ।
‘सरकारले टिकापुर जघन्य हत्याकाण्डमा संलग्न रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
यसअघिदेखि नै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले अध्यादेशको विरोध गर्दै आएका छन् ।
प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भभण्डारीसमक्ष सिफारिस गरिएको अध्यादेशको विरोध र समर्थनमा सडकमा आवाज उठिरहेको छ । सोमबार पठाइएको अध्यादेश अहिलेसम्म प्रमाणिकरण भएनभएको बारे केही बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार