सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरण हुनेमा विप्लव विश्वस्त
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २२:३१:४२
२७ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सरकारले प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको फौजदारी आचारसंहिता संशोधनसहितको अध्यादेशको स्वागत गरेको छ ।
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर सरकारले ल्याएको अध्यादेश राष्ट्रपति भण्डारीबाट प्रमाणिकरण हुनेमा विश्वस्त रहेको बताएका छन् । प्रमाणिकरण गरी सहमति कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।
‘सहमति पालना र कार्यान्वयनमा हाम्रो पार्टी प्रतिवद्ध रहेको र सरकारले पनि समस्यालाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त छ’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमासहमति लागू हुन नदिने गलत सोच र बुझाईलाई सफल हुन नदिन सबै पार्टी, नेता, कानुनविद र मानवअधिकारवादीहरुसँग गम्भीर बन्न आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार