जेसिबी दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला, मृतक संख्या ४ पुग्याे
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २२:४०:२९
२७ मंसिर, काठमाडौं । कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदीमा २४ मंसिरमा फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
बेपत्ता भएकामध्ये सोही गाउँपालिका–१ बस्ने २० वर्षीय उमेश गिरीको शव २६ मंसिर र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसिबीका चालक मंगल चुडारीको शव २७ मंसिरमा फेला परेकोे हो ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीहरूसँगै दुर्घटनामा हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीकोे खोजी भइरहेको छ ।
२४ मंसिरमा सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश ३–०१–००३क ६७७४ नम्बरको जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटना हुँदा जेसिबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना घाईते र तीन जना बेपत्ता भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
पुष २८, २०८१ आइतबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार