हुन्डाईको हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प शुरु
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २२:४१:४२
२७ मंसिर, काठमाडाैं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प शुरु गरेको छ । कम्पनीले आफ्नो वि(भी) द चेन्ज अभियान अन्तर्गत सोमबारदेखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि पाँच दिने हुन्डाई ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प संचालन गर्न लागेको हो ।
यो अभियानले कोना र आईओएनआईक्यू लाइन अपका तीन सय भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ । कम्पनीका अनुसार यो कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरुलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व-जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ।
यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ । यो कार्यक्रम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ । हुन्डाई नेपालले आफ्नोवि(भी) द चेन्ज अभियान अन्तर्गत विद्युतीय सवारी प्रति चेतना जगाउने र दिगो भविष्यको जग तयार गर्ने उद्धेश्यले विभिन्न सामाजिक–आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको छ।देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको छ ।
साथै कम्पनीले विभिन्न वाणिज्य बैंकहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यूनतम समयमा सबैभन्दा सुलभ व्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको छ ।हुन्डाईले सन् २०१९ मा कोना इलेक्ट्रिक लन्च गरेर विद्युतीय सवारी साधनमा अलग पहिचान तयार गर्ने काम गरेको थियो ।
त्यसपछि पनि निरन्तर रुपमा राम्रो र भरपर्दो इलेक्ट्रिक कार ल्याइरहेको हुन्डाईको आईओएनआईक्यू फाईभ यसपालीको वल्र्ड कार अफ द इयर– २०२२ जित्दै वर्षकै उत्कृष्ट कार बन्न पनि सफल भएको कम्पनीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार