भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २२:४९:३४
२७ मंसिर, काठमाडौं । समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा रक्तदान शिविरको आयोजना गरेको हाे ।
उक्त रक्तदान शिविरमा भिभोका कर्मचारीहरु, भिभो फ्यान, ग्राहकहरु लगायतको उत्साहजनक सहभागी रहेको थियो । यस कार्यक्रममार्फत, भिभोले रक्तदान एक महान कार्य हो र रक्तदान गरेर जीवन बचाउँ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको हो ।
यस शिविरमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको थियो जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए । कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो । यो कार्यक्रम काठमाडौं शहरको मुटुमा अवस्थित सांस्कृतिक महत्व बोकेको बसन्तपुत दरबार स्क्वायरमा आयोजना भएको थियो ।
यसबाहेक, रक्तदानले दुर्घटनाका घाइतेहरु, गम्भीर रोगका बिरामीहरू लगायतलाई उनीहरूको चिकित्सा उपचारको विभिन्न चरणहरूमा जीवन बचाउन सहयोग पुर्याउनुका साथै रक्तदाताहरूका लागि पनि फाइदाजनक छ किनभने यसले रक्तचाप कम गर्छ र हृदयघातको जोखिम पनि कम गर्दछ ।
भिभो नेपालका सिइओ माइकलले भन्नुभयो, “एक विश्वव्यापी र सामाजिक रूपमा जिम्मेवार ब्रान्डको रूपमा, हामी समुदायका लागि यो शिविर आयोजना गर्न पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य भनेको मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तिकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने हो । हाम्रा साझेदार लायन्स क्लब अफ भक्तपुर र कान्तिपुर ब्लड बैंकप्रति तथा यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यक्तिहरुप्रति आभारी छौं । हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं ।”
रक्तदान आपतकालीन अवस्थामा खाँचोमा परेकाहरूको लागि महत्तवपूर्ण जीवन रेखा हो । एउटै रक्तदानले तीन जनासम्म मद्दत गर्न सक्ने अनुमान गरिएको छ । यसबाहेक, रक्तदानले रक्तदाताहरुका लागि विभिन्न स्वास्थ्य लाभहरूः हृदयघात कम गर्न, अन्य मुटु सम्बन्धी रोगहरुको जोखिम कम गर्दछ । त्यसकारण मानवजातिको जीवन बचाउनको लागि यस्ता पहललाई प्रोत्साहित गरौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार