प्रभु साहले जुराए दलकाे नाम ‘आमजनता पार्टी’
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २२:५९:३०
२७ मंसिर, काठमाडौं । रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले खाेल्न लागेकाे नयाँ दलकाे नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् ।
त्यसका लागि आगामी ६ पुसमा ७ वटै प्रदेशका प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ ।
भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर जसले पाँच हजार मत ल्याएका छन्, उनीहरूलाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ । न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रभु साहको अभियानमा लागेका थिए । वाग्ले बाराबाट कांग्रेसका बागी उम्मेदवार बनेका थिए ।
साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौजना सांसद रहेको दाबी गरेका छन् । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल रहेका छन् । गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाएका थिए । किरण साह भने आउँछु भनेर उपस्थित भएनन् ।
सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी अमरेशकुमार सिंह दिल्लीमा भएकाले उपस्थित हुन सकेका थिएनन् । नयाँ पार्टी गठनमा सिंहले समेत सहमति जनाएका छन् ।
कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा विजयी सुरुल पुन (रुकुम), दीपेन्द्रबहादुर पुन (रोल्पा), दीपेन्द्रबहादुर शाही (जुम्ला), खड्ग बस्नेत (नवलपरासी), केशव राय चौधरी (रौतहट) र जवाहरलाल कुशवाह (सर्लाही)लाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार