बालाजुमा ९० वर्षीया वृद्धा मृत फेला, हत्याको आशंका
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २३:२४:५२
२७ मंसिर, काठमाडौं । काठमाडौंको बालाजुमा एक ९० वर्षीया वृद्धाको मृत्यु हत्याबाट भएको आशंका गरिएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवारको मंसिर २२ गते शव फेला परेको हो ।
उनी बालाजुस्थित एक टहरोमा बस्दै आएकी थिइन् । उनको शव सोही नगरपालिका वडा नम्बर–३ मा पर्ने जंगलमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनको पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको प्रहरीको भनाइ छ ।
उनका श्रीमान्को मृत्यु भइसकेको छ । मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै भएको टहरोमा बस्दै आएकी थिइन् ।
सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र सम्पर्कविहीन भएपछि बालाजु प्रहरीमा खोजीका लागि उजुरी दर्ता गरिएकोमा खोजीका क्रममा २२ गते मृत फेला गरेकी छन् ।
उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार