सविन फुयाललाई न्यायको माग गर्दै त्रिचन्द्रका विद्यार्थीद्वारा प्रदर्शन
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार १८:४४:४०
२८ मंसिर, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ मा टिपरले ठक्कर दिएर घाइते भएका एक युवकलाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले बुधबार बिहान र्ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
त्रिचन्द्र क्याम्पसका विद्यार्थी तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ । ‘टिप्परले ठक्कर दिएपछि कर्तव्य गरेर मारेको भन्ने हाम्रो निष्कर्ष हो, दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्छ,’ मृतकका आफन्त जयराम घिमिरेले भने ।
घिमिरेका अनुसार दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरचालक लगायतका अभियुक्तहरु भागेका थिए । टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा देखिएको भन्दै दुर्घटनापछि हत्या गरेको प्रदर्शनकारीहरुको भनाइ छ ।
उक्त घटनापछि टिपर व्यवसायीले सिन्धुलीका शिव बलामीलाई नक्कली चालक खडा गरी बालाजु प्रहरीमा पठाइएको पाइएकोसमेत घिमिरेले बताए । त्यसपछि प्रहरीले महालक्ष्मी एण्ड बलामी सप्लायर्सका संचालक र उनका भाइलाई पक्राउ गरिएको छ । ठक्कर दिने टिपर प्रहरीको नियन्त्रणमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पुष २८, २०८१ आइतबार
सवारी दुर्घटनामा तीन जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार