प्रचण्डको योजनामा ओली र गुरुङबीच भेटवार्ता
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार १९:२५:२
२८ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएको बताइएको छ ।
भेटमाओलीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई शुभकामना दिएको महासचिव गुरुङले बताए । सो क्रममा राजनीतिक कुराकानी भएको बुझिएको छ । नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेको बेला भएके भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
हालै सम्पन्न आमनिर्वाचनमा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने गुरूङ लमजुङबाट एमालेका उम्मेदवारसँग पराजित भएका छन् ।
हालै सम्पन्न आमनिर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा आएका छन् । सरकारको नेतृत्वमा तीन वटै दलले दाबी सुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार