शेयरबजार २.६२ अंकले घट्यो
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार २१:३२:२३
२८ मंसिर, काठमाडौं । शेयरबजार बुधबार पनि ओरालोे लागेको छ। शेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले ओरालो लागेर १८९७.०८ विन्दुमा आएर रोकिएको छ। मंगलबार नेप्से परिसूचक २.५७ अंकले ओरालो लागेर १८९९.७० विन्दुमा रोकिएको थियो।
बुधबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमम वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ ।
कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता शेयर खरिद बिक्री हुँदा ७२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। यसको ५ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नविल बैंकको कारोबार भएको छ ।
यता, सिवाइसियलको र इस्टर्न हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशत बढेको छ। बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये ५ उपसूचकबाहेक सबै उपसूचकमा ओरालोे लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार