संसद्लाई प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार २२:३२:०
२८ मंसिर, काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् । १६औँ सङ्घीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक रहेकाे बताए ।
“सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु बुझ्ने बुझाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “भावी नेतृत्वसँग छलफल, सहकार्य गरेर संसद् सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्छौँ ।” अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र आम जनताले राखेको आकांक्षा पूरा गर्न सबै पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
“संसद् अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढङ्गले चलाउनुपर्छ”, उनले भने, “कतिपय पुराना सांसद निर्वाचित भएका छन् । कतिपयमा नयाँ ऊर्जा छ तर सिक्नुपर्ने अवस्था पनि छ, संसद्लाई प्रभावकारी बनाउन संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण छ ।”
संसद् सेवालाई प्रभावकारी बनाउन सबै पक्ष हरदम रुपमा लाग्नुपर्ने उनकाे भनाइ थियो । “संसद् सेवाको स्वायत्ततालाई कसरी अझ प्रभावकारी बनाउने, यसको प्रभाकारितालाई जनमुखी बनाउने यी विषय सम्बोधन गर्न हामी लाग्नेछौँ”, उनले उनले भने ।
यस्तै कार्यक्षमता मूल्याङ्कनमा उत्कृष्ट हुने कार्यालय सहयोगी सीता जिसी र रमेशराज गिरी, हलुका सवारी चालक मोहनकृष्ण नेपाली, माली हरिप्रसाद अधिकारी र कुचिकार विजय नेपालीलाई जनही रु पाँच÷पाँच हजारले पुरस्कृत गरिएको थियो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले सचिवालयले प्रकाशन गरेको ‘संघीय संसद् सेवा’ स्मारिका विमोचन गरेका थिए । कार्यक्रममा २५ वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । सो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार