म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु : प्रचण्ड
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार २३:२:३९
२८ मंसिर, पोखरा । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरोशैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् ।
‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भने ।
आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताउँदै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण देश विकासको निम्ति अनिवार्य सर्त छ । ४७ सालदेखि यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरु र सरकारमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गरेर उनीहरुले भ्रष्टाचार गरेको देखियो भने कडा कारबाहीबाट अगाडि बढ्नुपर्दछ ।’
यसका लागि भएका श्रोत साधन व्यापक परिचालन गरेर काम गरेर देखाउने बताएका प्रचण्ड भन्छन्, ‘म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर देखाउनेछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार