शपथ नखाँदै कानुनी झमेलामा सांसद, पुनः मतगणनादेखि शपथ नगराउनेसम्मका मुद्दा
नेपालबहस संवाददाता
मंसिर २८, २०७९ बुधबार २३:५३:१०
२८ मंसिर, काठमाडौं । शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसद कानुनी झमेलामा फसेका छन् । निर्वाचनको मतगणनामा धाँधली र नागरिकता प्रकरण छानबिनबारे उनीहरुविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर भएका हुन् । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।
उक्त अन्तिम परिणाम बिहीबार भोलि राष्ट्रपतिसमक्ष पेस हुनेछ । केही दिनमा सांसदहरूलाई शपथ खुवाइँदैछ । शपथ ग्रहण गर्नु पूर्वराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का सांसद रवि लामिछानेविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सांसद लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान गरिरहेकाले उनलाई शपथ नगर्न नगराउन माग गर्दै रिट परेको हो । उनीविरुद्ध युवराज लामिछानेले बुधबार सो रिट दर्ता गरेका हुन्। यता नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
धनुषा क्षेत्र नम्बर ४ मा मतगणनाका क्रममा धाँधली हुँदा आफू झिनो मतान्तर (१२४) ले पराजित भएको भन्दै यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठविरुद्ध रिट दायर गरेका हुन् । कांग्रेस सहमहामन्त्री यादव एमाले सचिवसमेत रहेका उम्मेदवार महासेठसँग मात्र १२४ मतले पराजित भएका थिए ।
यस्तै मंगलबार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समेत पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन् ।
इलाम क्षेत्र नम्बर १ मा मत गणनाको क्रममा निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै खनालको तर्फबाट रिट दायर भएको हो । सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए। बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए ।
यस्तै, रूपन्देही क्षेत्र नं. २ बाट संघीय सांसद निर्वाचित एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पाैडेललाई धाँधली गरी विजयी घाेषणा गरिएकाे भन्दै स्वतन्त्रका उम्मेदवार गणेश पाैडेलले पुनः मतदानकाे माग गर्दै सर्वाेच्चमा मुद्दा हालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार