६८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माणको ढोका खुल्यो
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १७:५२:३७
२७ मंसिर, काठमाडौं । रामेछापको लुभुघाटमा बन्ने ६८३ मेगावाटको सुनकोसी तेस्रो निर्माणको बाटो खुलेको छ ।
संभाव्यता अध्ययनको काम सम्पन्नपश्चात तयार पारिएकाे वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन सरकारले स्वीकृत गरेकाे छ । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन स्वीकृत गरेका हुन् ।
स्वीकृत भएको जानकारी मन्त्रालयको वातावरण तथा जैविक विविधता शाखाका प्रमुख एवं उपसचिव मधुदेवी घिमिरेले सूचनामार्फत जानकारी दिएकी छन् । प्रतिवेदन स्वीकृतिका लागि उर्जा मन्त्रालयले वातावरण मन्त्रालय पठाएकाे थियाे । योसँगै आयोजना निर्माणको लागि बाटो खुलेको हो । आयोजना जलाशयुक्त प्रणालीमा बन्दैछ ।
आयोजना अघि बढाउन विद्युत विभागले गृहकार्य अघि बढाएको छ । लगानीको स्रोत जुटाउन भने सरकारले बंगलादेश सरकारसँग कुराकानी अगाडि बढाएको छ । आयोजनाको फिजिविलिटी र वातावरण अध्ययनमा परामर्शदाता कम्पनी एसआईआरसआई र ईआरएमसी जेभीले काम गरेको थियो ।
शाखाले आयोजना निर्माणका लागि निर्माण पक्षसँग १८ बुँदे सर्त राखिएको छ । आयोजनाका लागि जग्गा प्राप्ति, बस्ती स्थानान्तरण तथा मुअब्जा वितरणको सन्दर्भमा छुट्टै योजना बनाई काम गर्नुपर्ने सर्त राखिएको छ ।
यस्तै आयोजना निर्माणका क्रममा उठेका प्रश्नहरुको सार्वजनिक सुनुवाई गर्न र दैवी प्रकोप व्यवस्थापन योजना बनाई तल्लो तटीय क्षेत्रमा लागू गर्नुपर्ने लगायत सर्त लागू हुने जारी सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार