अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटकाे माग
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १८:३०:४२
२९ मंसिर, लमजुङ । अपाङ्ग संरक्षण समाज लमजुङले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गरिदिन माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, लमजुङमा प्रमुख जिल्ला अधिकारी समक्ष अपाङ्गताका सबाल सम्बोधन गरि कार्यान्वयन गरिदिने सम्बन्धमा भनि पेस गरिएको उक्त पत्रमा लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको संविधान २०७२ को भावना र मर्म अनुरुप अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ८, अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत र सुविधाको दफा ३७.२ अनुसार सवारी साधनको धनी वा सञ्चालकले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा पचास प्रतिशत छुट गराउनुपर्नेछ भन्ने प्राबधान हुँदा हुँदै पनि यातायात समिति प्रालिमा गएको निहुँ बनाई भाडामा छुट नदिएको उल्लेख गरिएको छ ।
अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेल र सचिव सिताराम बसेलले उक्त पत्र प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई उक्त पत्र बुझाएका हुन् ।
अपाङ्गता भएका व्यक्तिलाई छुट माग्न सम्बन्धित् टिकट काउन्टरमा पुग्दा छुट नदिनु भनि प्रालिले पत्राचार गरेको हुँदा दिन मिल्दैन भनि दुर्व्यवहार गर्ने गरेको, आरक्षण सिटको पनि व्यवस्था नगरेको, टिकट काउन्टरमा जाँदा पनि गाडिमा गएर बस्नुस भन्ने जस्ता व्यवहार गरेको गुनासो आएको समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार