चीनमा एकै दिन १४ लाखलाई कोभिड खोप
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १८:५१:४३
२९ मंसिर, बेइजिङ । कोभिड-१९ संक्रमणको छालहबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ । सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै रोगविरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरिरहेका बेला बेइजिङले खोप अभियान तीव्र पारेको हो ।
अनिवार्य परीक्षण तोड्दै र क्वारेन्टाइन नियमहरू सहज बनाउँदै गत बुधबार चीनले शून्य कोभिड नीति अन्त्य गरेको थियो । कठोर कोभिड नीतिले लाखौंलाई मानसिक रूपमा चिन्तित बनाउनुका साथै अर्थव्यवस्थालाई क्षति पुर्याएको थियो ।
सरकारले ९० प्रतिशत जनसंख्याले खोप लगाएको जनाएको छ । उसले बुधबार ६० वर्ष माथिका र जोखिममा रहेका व्यक्तिलाई कोभिड १९ को दोस्रो बुस्टर डोज दिने घोषणा गरेको छ ।
पछिल्ला दिनमा चीनमा खोप अभियान तीब्र पारिएको छ । सरकारले मंगलबार एकै दिन १४ लाख ३० हजार जनलाई खोप लगाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएपछि बंगलादेशमा विनाशको जोखिम तीन गुणा बढ्दै
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार