राइनासटार सिंचाइ आयोजना बचाउन ५२५ सदस्यीय संघर्ष समिति गठन
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २०:२०:२
२९ मंसिर, लमजुङ । राइनासटार सिंचाइ आयोजना बचाउ अभियानका लागि पाँच सय २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।
राइनास नगरपालिकाभित्रका सबै राजनीतिक दल, तिनका भातृ संगठन, सबै सिंचाइका उपभोक्ता, शुभेच्छुक, सामाजिक अगुवाहरू तीनपिप्लेमा भेला भएर राईनासटार सिंचाई आयोजनाका उपभोक्ता तथा कांग्रेसका नगर सभापति श्रीकृष्ण पौडेलको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
चम्पावती हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ७ मेघावाटको चेपे ए जलविद्युत आयोजनाको पावर हाउसका कारण राइनासटार सिंचाइ आयोजना संकट परेको र त्यसलाई बचाउन समिति गठन गरिएको हो ।
वातावरण प्रभाव मुल्यांकन र डिपिआर रिपोर्टमा सिंचाइ आयोजनाको मुहानभन्दा दुई सय मिटरमाथि पावर हाउस निर्माण गर्ने भनिएको छ । सोहीअनुसार सम्झौता गरेर काम सुरू गरेको भए पनि हाईड्रोपावरले सम्झौता विपरित राइनासटार सिंचाइ नहरको मुहानभन्दा दुई सय मिटर तल पावर हाउस निर्माण गर्न थालेपछि विवाद शुरु भएको थियो ।
विवादकै क्रममा केहि दिनअघि सिंचाइ उपभोक्ताहरू काम रोक्न प्रदर्शनको लागि पुगेका थिए । प्रदर्शनकै क्रममा जलविद्युत आयोजनाको भवनमा तोडफोड र आगजनी समेत भएको थियो ।
चम्पावती हाइड्रोपावरमा शनिवार तोडफोड र आगजनी गरि तीन करोड रुपैयाँ बराबरको संरचानामा क्षति पुर्याएको भन्दै चम्पावती हाइड्रोपावरको तर्फबाट आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दर्ता गराएको छ । उनीहरूविरूद्ध कारबाहीको माग गरिएको छ ।
कम्पनीका सञ्चालकमध्येका हरिकृष्ण पौडेलले दर्ता गराएको जाहेरीमा राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल र कांग्रेसका नगर कार्यसमिति सभापति श्रीकृष्ण पौडेलसहित आठ जनालाई कारबाहीको माग गरिएको छ । कम्पनीले तोडफोड र आगजनीबाट तीन करोड ४० लाख रुपैयाँ क्षति पुगेको उल्लेख गरेको छ ।
नियम विपरित काम गर्ने, त्यसको विरोध गर्दा भएको तोडफोडमा जाहेरी दिने गरेपछि हाईड्रोपावरको दादागिरी भएको भन्दै अझै सिंचाई उपभोक्ताहरू आक्रोशित बनेका छन् ।
सिंचाइलाई असर पुग्ने गरी नियमविपरित निर्माण गर्न लागिएको जानकारी पाएपछि उपभोक्ता समितिले पटक पटक मौखिक रुपमा त्यसो नगर्न भनेका थिए । प्रभावितहरूले नगरपालिकामा सार्वजनिक सुनुवाई समेत गरी काम रोक्न पत्राचार गरेपनि कम्पनीले बेवास्ता गर्दै सिंचाइलाई प्रभावित गर्ने गरी काम थालेको थियो ।
राईनास नगरपालिका, विधुत विकास विभाग, उर्जा मन्त्रालय, वातावरण मन्त्रालय सबै सरोकारवाला निकायमा सो कुराको जानकारी गराई सकेको सिंचाइ प्रभावितहरूले बताएका छन् ।
विद्युत विकास विभागले विद्युत गृह र राईनासटार सिंचाइ योजनालाई प्रतिकूल प्रभाव नपर्ने गरी स्वीकृत भएको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तथा प्रतिवेदन स्वीकृतिका शर्तहरु भन्दा फरक नपर्ने गरी अर्थात स्थान परिवर्तन नहुने गरी गत साउनमा पत्राचार गरेको थियो । सो सम्बन्धमा जलविद्युत आयोजनाले स्थान परिवर्तन गरेपछि पुनः विद्युत विकास विभागले ८ मंसिरमा स्वीकृति दिएअनुसार काम नभएको भन्दै पत्र पठाएको छ । जसको समेत आयोजनाले बेवास्ता गर्दै निर्माणको धमाधम अगाडि बढाएको छ ।
विद्युत विकास विभागको पत्र आएपछि विवादको निरुपण नहुँदासम्म काम रोक्न आयोजनामा प्रतिनिधि मण्डलसँग वार्ता समेत भएको थियो । तर, त्यो प्रक्रियालाई समेत बेवास्ता गरी काम अगाडि बढाइरहेकोले सिंचाइ आयोजना प्रभावितहरू आन्दोलित भएका हुन् ।
प्रभावित कृषकहरुले तत्काल सम्बन्धित विभाग र मन्त्रालयबाट स्थलगत अनुगमन गरिनु पर्ने, समस्याको यथार्थ पहिचान गरी समाधान गर्न समेत माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार