वायुसेवा निगममा ‘क्याबिन क्रु’ आन्दोलित, रियाद र बैङ्लोरका यात्रु राेकिए
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २०:५९:०
२९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगममा दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण दिल्ली, रियाद, बैलोर उड्ने यात्रु अलपत्र परेका छन् ।
बिहीबार क्याबिन क्रुले निगम मुख्यालयमा आन्दोलन गर्दा धकेलाधकेलको समेत अवस्था आएको थियो । निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण गर्ने व्यवस्था छ ।
यसक्रममा दुई जना एयर होस्टेसको करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।
बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण राेकिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार