राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरद्वारा राजीनामा
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २१:४६:२४
२९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले मंसिर २९ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
लगातारको खराब नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि क्ब्यानले प्रभाकरसँगको सम्झौता टुंग्याएको हो । सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् ।
तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै पद छाडेका छन् ।एक वर्षको सम्झौता गरी साउन अन्तिम साता नेपाल आएका प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यासँग टी–२० अन्तर्राष्ट्रिय शृंखला तथा एकदिवशीय शृंखला जितेको थियो ।
अघिल्लो महिना युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला जिते पनि नेपालका लागि अत्यावश्यक आईसीसी विश्वकप क्रिकेट लिग टू को हालै सम्पन्न त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्याण्ड र नामिवियासम्मिलित शृंखलामा कुनैपनि खेल जित्न सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार