क्याबिन क्रु आन्दोलनः दुई ट्रेड युनियनकर्मी पक्राउ
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २३:२१:३१
२९ मंसिर, काठमाडौं । करार नविकरणकोमाग गर्दै आन्दोलनरत नेपाल वायु निगमका एयर होस्टेसमाथि हातपात भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीले उनीहरुमाथि आतपात गरेका हुन् ।
ट्रेड युनियनकर्मीको कुटाइबाट एयर होस्टेस पूजा सहनीको कानमा चोट लागेको छ । कानबाट रगत बगेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाल वायुसेवा एयर होस्टेसहरुको संगठन क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीच निगमको मानव संशाधन विभागमा बिहीबार दिउँसाे वार्ता भइरहेको समयमा ट्रेड युनियनकर्मी र संघबीच हात हालाहाल भएको थियो । कारी न्यूराेडस्थित निगमकाे कार्यालय घेराउ गर्न पुगेका थिए ।
वार्तास्थलमा तनाव उत्पन्न भएपछि न्युरोडमा जनसेवा प्रहरी वृत्तको टोलीले क्याबिन क्रु जाइलागेको अभियोगमा दुई जना ट्रेड युनियनका नेतालाई नियन्त्रणमा लिएको छ ।
वार्ता अवरुद्ध भएको छ । वार्ता कहिले बस्नेबारे केही टुंगो नलागेको निर्देशक अधिकारीले बताए । वार्ता बस्नेबारे पहल भइरहेको उनले बताए ।
काम छाडेर आन्दोलनमा लागेका कारणा बुधबार र बिहीबार अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । सयौं बैंङलोर दिल्ली, रियादका यात्रु रोकिएका छन् । बुधबार उडान ढिला गरी उडेपनि बिहीबार बन्द रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार