अध्यादेश विरूद्धको रिट सर्वोच्चद्वारा दरपिठ
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २३:३२:२९
२९ मंसिर, काठमाडौंं । सर्वस्वसहित जन्मकैदको कैद सजाय पाएर कैद भोगिरहेका रेशम चौधरीलगायतलाई छुटाउन मिल्ने गरी सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा दिइएको रिट निवेदन दरपिठ भएको छ।
अधिवक्ता कपिलेदव ढकालले दिएको रिट बिहीबार दरपिठ भएको सर्वोच्च अदालत प्रशासन दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिदिएको हो ।
सरकारले पठाएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले अहिले नै अध्यादेश रोकिपाउँ भनेर रिट दिन नमिल्ने जनाउँदै रिट दर्ता नगरेको सर्वोच्च प्रशासनले जनाएको छ।
सरकारले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसहित टीकापुर हत्याकाण्डमा जेलमा रहेकाहरूलाई रिहा गर्न मिल्ने गरी अध्यादेश ल्याएको भन्दै विरोध भइरहेको छ ।
प्रमाणिकरणका लागि अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको चौथो दिनसम्म प्रमाणिकरण भएको छैन । बुधबार मात्र राष्ट्रपतिको कार्यालयले एक सूचना जारी गरेर अहिल्यै प्रमाणिकरण हुने संभावना नरहेको जनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार