विप्रेषण,सञ्चिति र शोधनान्तर सकारात्मक, मूल्यबृद्धिमा चापै चाप
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार १५:२२:४
१ पुस, काठमाडौं । विकास र चालु खर्च अनुपातमा असन्तुलन देखिए पनि चौमासिक समीक्षामा मुद्रास्फीतिबाहेक अन्य आर्थिक सूचकांकहरु सकारात्म नै देखिएका छन् । सरकार निकायले गरेको चौमासिक समिक्षामा मूल्यबृद्धको अवस्था भने निण्न्त्रण बाहिर छ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार पहिलो त्रैमासिकभन्दा चौमासिक समीक्षा सकारात्मक छ ।
विगत चार महिनाको अन्तरालमा नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार भएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा गएको छ । यो गतवर्षकोभन्दा बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेपनि अघिल्लो वर्षको तुलनामा चौमासिकसम्म आइपुग्दा शोधनान्तर स्थितिमा ठूलो सुधार देखिएको छ ।
सो आवको समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा समेत यस अवधिमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ । समीक्षा अवधिमा गत आवमा १ अर्ब २७ करोडले घाटामा थियो । निश्चित समय भित्र व्यक्ति र संस्थाबीच मुलुक भित्र र बाहिर भएका आर्थिक तथा वित्तीय कारोबार नै शोधनान्तर हो ।
बाह्य क्षेत्रबाट बढी तरलता प्राप्त हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना शोधनान्तर स्थिति घाटामै थियो । त्यसयता भने निरन्तर सुधार देखिएको छ । यस अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ । अघिल्लो आवको समीक्षा अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो । अमेरिकी डलरमा चालु खाता २८ करोडले घाटामा छ । समीक्षा अवधिमा अघिल्लो वर्ष अमेरिकी डलरमा १ खर्ब ८६ अर्ब घाटामा थियो ।
यस्तै कात्तिक महनिामा विदेशी विनिमय सञ्चितिमा पनि थप सुधार देखिएको छ । कात्तिकमा विदेशी मुद्राको भण्डार १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेही मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड कायम भएको छ । साउन र भदौमा घटेको विदेशी विनिमय सञ्चिति असोज र कात्तिकमा लगातार बढेको राष्ट्र बंकको भनाइ छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले बढेर ९ अर्ब ६३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा कात्तिक मसान्तमा ३.३ प्रतिशतले बढेर १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २.७ प्रतिशतले घटेर १ खर्ब ५५ अर्ब ५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ । आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.७ महिनाको वस्तु आयात तथा ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । तर, मुद्रास्फीति भने चापमा छ ।
चालु आर्थिक वर्षको पहिलो महिनाबाटै चापमा रहेको मुद्रास्फीति चौथो महिनासम्म आइपुग्दा मुद्रास्फीतिमा चाप बढेर गएको छ । राष्ट्र बैंकले चालु आवमा मुद्रास्फीति ७ प्रतिशत भित्र राख्ने लक्ष्य राखेको थियो । तर, पहिलो चौमासिकसम्म आइपुग्दा मुद्रास्फीति ८.०८ प्रतिशत देखिएको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति असोज मसान्तसम्म ८.५० प्रतिशत रहेको थियो । अघिल्लो आवको कात्तिक मसान्तसम्म भने मुद्रास्फीति ६.०४ प्रतिशत मात्र रहेको थियो ।
चालु आवमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । उपसमूहगत रुपमा हेर्दा रेष्टुरेन्ट र होटलमा १५.९७ प्रतिशत मूल्य बढेको छ । त्यसको तुलनामा सुर्तीजन्य पदार्थ र मदिराको मूल्य कम बढेको छ । यसमा ९.३३ प्रतिशतको मात्र मूल्य बढेको पाइएको छ ।
खाद्य र खाद्यजन्य पदार्थको मूल्य ९.१९ प्रतिशत र मदिराको ८.८४ प्रतिशतले बढेको छ । मूल्यवृद्धि तराईमा सबैभन्दा धेरै ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत कायम छ । यो अझै उकालो लाग्ने देखिएको छ । यता, विदेशबाट आउने रेमिट्यान्स भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको छ । साउन, भदौ, आसोज र कात्तिकमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष डलरको आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेको छ । यो अवधिमा १ लाख ९५हजार १९६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यो अवधिमा ४६.४ प्रतिशतले बढरे ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो । ४ महिनामा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४१७ अर्ब ३८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार