फरक क्षमता भएका विद्यार्थीलाई आधुनिक प्रविधिको अभाव
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार १७:५७:७
१ पुष, रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिकाबाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् ।
विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न बाध्य छन् । यहाँ २० बहिरा अपाङ्गता र १० बौद्धिक अपाङ्गता भएका विद्यार्थी छन् । उनीहरुलाई पूर्णरुपमा निःशुल्क आवासीय सुविधासहित विद्यालयले अध्यापन गराउँदै आएको छ ।
भर्ना भएपछि प्रतिविद्यार्थी विद्यालयले सरकारबाट रु चार हजार पाउँछन् । चरणचरणमा विभिन्न तालिम लिएका शिक्षकले साङ्केतिक भाषाबाट विद्यार्थीलाई पढाउछन् । जिल्लामा दुवै प्रकारका क्षमता भएका विद्यार्थीलाई पढाउने एक मात्र विद्यालय उपल्लो तम्घास हो ।
हालसम्म एक सयभन्दा बढी विद्यार्थी उपल्लो तम्घासमा कक्षा ५ सम्म पढेर बागलुङ, पोखरा, भैरहवा र काठमाडौँ जाने गरेका छन् । यही विद्यालयले उत्पादन गरेका चार विद्यार्थी हाल कोरिया रहेको पूर्वस्रोत शिक्षक राममणी पन्थीले बताए । थुप्रै विद्यार्थीले नेपालमै सीपमूलक व्यवसाय पनि गरिरहेका छन् ।
उपल्लो तम्घास माध्यमिक विद्यालयले कम्तीमा छ वर्ष पुगेको र १६ वर्ष ननाघेका विद्यार्थीलाई समावेश गरेर पढाइरहेको छ । बढीमा ५० यस्ता फरक क्षमता भएका विद्यार्थी यस विद्यालयले अध्यापन गराउन सक्छ । यस विद्यालयको यस्तो सुविधाका कारण अपाङ्ता भएका बालबालिकाका अभिभावक निराश हुनुपरेको छैन् ।
बालबालिकाको स्याहारसुसार गरिरहेकी रेसुङ्गा नगरपालिका–७ की सीता घर्तीले सुरुमा बालबालिकाले खान र बोल्न नजान्ने हुँदा केही समस्या भए पनि सिकेपछि सहज भइरहेको बताए । अपाङ्गता भएका बालबालिकालाई स्याहारसुसार गर्न पाउँदा खुसी लागेको भन्दै धर्म गर्न योबाहेकको अरु कर्म गर्न नपर्ने उनी बताउछन् । उनीसहित तीन जनाले बालबालिकाको हेरचाह गर्दै आएको छ ।
घरमा आफ्नै भाषा सिकाउने कारण विद्यालयमा आउँदा साङ्केतिक भाषा नजान्दासम्म विद्यार्थीलाई सिकाउन ग्राहो हुने स्रोत शिक्षक ज्ञानेन्द्र राज मरासिनीले बताए । “सुरुमा विद्यालय आउन ग्राहो मान्ने विद्यार्थी साङ्केतिक भाषा सिकेपछि घरमा बस्न ग्राहो मान्छन्”, उनी भन्छन्, “शैक्षिक सामग्री धेरै प्रयोग गरेर सिकाउनुपर्छ”, उनले भने । सिकाउँदै गएपछि सहज हुने शिक्षक मरासिनीको भनाइ छ । अन्य बोलेर पढाउने विद्यार्थीभन्दा यी साङ्केतिक रुपमा पढाउने विद्यार्थी सिकाइमा बढी सक्रिय हुने गरेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक पिङ्की घिमिरे भुसालले अपाङ्गता भएका विद्यार्थीलाई लामो समयदेखि अध्यापन गराउँदै आएपनि आधुनिक प्रविधिको अभाव रहेको बताए । “हामीले सक्दो र जानेको त सिकाइरहेका छौँ”, उनी भन्छन्, “अहिलेका प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराउन सकेका छैनौँ”, उनले गुनासो गरे । आफूहरुको इच्छा भएर पनि त्यस्तो बाताबरण बन्न नसकेको उहाँको भनाइ छ ।
जिल्लाभर भएका अपाङ्गता विद्यार्थीलाई लेखाजोखा समिति गुल्मीले हेर्दै आएको छ । समितिका संयोजक राममणी पन्थीले सङ्घीयता कार्यान्वयनसँगै बनेका गाउँगाउँका सरकार अपाङ्गताप्रति उदासीन बनेको बताए । “अपाङ्ताका लागि सङ्घीयता अभिसाप बनेको छ”, उनी भन्छन्, “अहिले त आफ्नो नजिक भएकालाई रातो कार्ड दिने वास्ताविक अपाङ्तालाई बेवास्ता गर्ने गरिएको छ”, उनले भने ।
गाउँगाउँमा भएका बहिरा अपाङ्गता र बौद्धिक अपाङ्गता भएका बालबालिका खोजेर उपल्लो तम्घास माध्यमिक विद्यालयमा निःशुल्क पढाउने र विद्यार्थीका लागि पनि आधुनिक प्रविधिको व्यवस्थामा पहल गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार