अब स्कुल जान विद्यार्थीलाई टिपर कुर्न नपर्ने
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार २२:३:१९
३ पुष, चन्द्रौटा । शिवराज नगरपालिका-१ चोर खोला बस्ने केशव सुनार छोराछोरी विद्यालय पठाउन बिहान ८ बजेदेखि टिपर कुर्ने गर्छन । करिब २० किलोमिटरको दूरिमा रहेको विद्यालय पैदल जान नसकिने र बस नरोक्ने भएकाले उनीसँग टिपर तथा ट्रक कुर्नपर्ने बाध्यता छ ।
बिहानैदेखि गाउँभरका विद्यार्थी सवारी रोक्दै सडकमा प्रतीक्षा गरिरहेको देख्न सकिन्छ । निर्धारित समयमै विद्यालय पुग्नका लागि सडक छेउ उभिएर सवारी साधन रोक्नु अभिभावक र विद्यार्थीहरुको दैनिकी बनेको छ ।
“पहिले त बसले रोक्थ्यो तर अहिले रोक्न छोड्यो”, सुनारले भने, “आजभोलि टिपर रोकाउँछौँ र सबै विद्यार्थी टिपरको ट्रलीमा चढेर विद्यालय जान्छन् ।” जङ्गलबीचमा रहेका यो गाउँका विद्यार्थीको यो वर्षौदेखिको समस्या हो ।
शिवराज नगरपालिका वडा नं १ र ९ मा रहेका धान खोला, चोर खोला, वनकस, दोबाटा गाउँका विद्यार्थीको यो समस्यालाई नगरपालिकाले भने समाधान गर्ने बताएको छ । स्थानीयले पटक-पटक माग गरेपछि नगरपालिकाले विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क यातायात सुविधा दिने निर्णय गरेको नगर प्रमुख अजय थापाले जानकारी दिए ।
“यो धेरै पहिलदेखिको समस्या हो, सवारीसाधन नभएका कारण कतिपय विद्यार्थीले पढ्नसमेत छाडेका छन्”, थापाले भने, “म नगरप्रमुख भएपछि विद्यार्थीलाई निःशुल्क यातायात सुविधा गर्नुपर्छ भनेर आवाज उठाएको छु, कार्यपालिकाबाट निर्णय भएको छ, अब कार्यान्वयन हुन्छ ।” उक्त बसले गाउँ पुगेर विद्यार्थी विद्यालय ल्याउने र विपन्न वर्गका विद्यार्थीलाई भने सेवा निःशुल्क रहने थापाले जानकारी दिए । निःशुल्क सवारी साधनका लागि नगरपालिकाले मासिक रु ३५ हजार खर्च हुनेछ ।
सोही गाउँका एमबी सुनारले विद्यार्थीलाई सवारी साधनको व्यवस्थापन गर्न पटक–पटक आग्रह गरेपछि नगरपालिकाबाट सुनुवाई भएको बताए ।
सवारीसाधन नहुँदा विद्यार्थी पढाइबाट वञ्चित हुने गरेको उनको भनाइ छ । “गाउँबाट विद्यालय टाढा छ, जङ्गलको बाटो हिँडेर पठाउने सम्भावना हुँदैन”, सुनारले भने, “सार्वजनिक सवारी साधन नरोक्दा विद्यार्थी समयमै विद्यालय पुग्न र घर फर्कन सक्दैनन ।” नगरपालिकाले बस सञ्चालन गरेपछि अब सडक छेउ उभिएर टिपर कुर्नुपर्ने बाध्यता हटेकोमा उनले खुसी व्यक्त गरे ।
धान खोला, चोर खोला, बनकस, दोबाटामा गरी करिब एक सय विद्यार्थी छन् । नगरपालिकाले वडाको सिफारिसमा विद्यार्थी निःशुल्क यातायात सुविधा दिने निर्णय गरेको हो । हरेक नागरिकलाई शिक्षा दिनु सरकारको दायित्व रहेकाले वडाका विद्यार्थीका लागि सहज हुने शिवराज नगरपालिका–१ का अध्यक्ष खिम विक्रम केसीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार