भक्तपुरको भाटभटेनी नजिकै लेडिज कलेक्सन सञ्चालनमा
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार २२:१५:१६
३ पुष, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि राधेराधेमा रहेको भाटभटेनीसँंगै आइतबारदेखि एस। एण्ड। एस। लेडिज कलेक्सन सञ्चालनमा आएको छ । मध्यपुर थिमि नगरपालिका राधेराधेको एनआइसी एसिया बैंकको विपरितको भवनको पहिलो तल्लामा कलेक्सन सञ्चालनमा ल्याइएको हो । विशेष गरेर महिलाहरूको पार्टी तथा क्याजुअल लुगाहरु विक्रीवितरणका लागि कलेक्सन सञ्चालनमा ल्याइएको जनाइएको छ ।
सञ्चालक सलिना श्रेष्ठले महिलाहरुको सहजताका लागि महिलाका लागि चाहिने पार्टी वेयरदेखि लिएर क्याजुअल वेयरसम्मका सम्पूर्ण लुगाफाटा कलेक्सनमा उपलव्ध भएको बताइन् । उनका अनुसार कलेक्सनमा महिलाहरूका लागि चाहिने लुगाफाटाहरु साडी, लेंगा, टप, टिसर्ट, कुर्ता, सुरुवाल, पाइन्ट, कोटदेखि लिएर अण्डयवेयर सामानहरु व्लाउज, पेन्टीलगायतका सम्पूर्ण सामानहरु उपलव्ध छन् ।
गुणस्तरीय सामान रिजनेवल प्राइसमा विक्रीवितरण गर्ने अनि पछिल्ला नयाँंनयाँं डिजाइनका पहिरनहरु तत्काल पाइनु नै आफनो कलेक्सनको विशेषता रहेको उनी सुनाउँंछिन् । ‘भारतमा आएका पछिल्ला महिलाका नयाँंनयाँं डिजाइनका लुगाफाटा हामी तत्काल नेपाल ल्याई विक्रीवितरण गर्छौ, उनले भनिन्, ‘कति महिला साथीहरु भारतीय टेलिभिजनमा आउने वितिकै आफूहरु पनि ती नयाँं डिजाइनका लुगाफाटाहरु लगाउन चाहन्छन् तर पाइरहेका हुँंदैनन्, जुन हामी ल्याएर सेवा दिन्छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार