यु-२३ भलिबल टोलीको बिदाइ
नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार २२:४८:५५
३ पुष, काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यु(२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई बिदाइ गरेको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच एनभिएले यु–२३ टोलीसहित बीच भलिबलमा सहभागी जनाउन जाने महिला तथा पुरुष टोलीको बिदाइ गरेको हो । खेलाडी तथा अफिसियललाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एनभिएका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।
१९ सदस्यीय नेपाली यु-२३ टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । बीच भलिबल टोली भने अर्को हप्ता त्यसतर्फ प्रस्थान गर्ने तालिका छ । प्रशिक्षक जगदीश भट्टको प्रशिक्षणमा यसअघि नै १४ सदस्यीय टोली घोषणा भइसकेको छ । नेपाली टोलीको कप्तानमा ओपन स्पाइकर धिरोजकुमार बस्नेत छन् । यसअघि संंघले खुल्ला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।
बंगबन्धु एसियन यु(२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान छन् । नेपालले पहिलो खेलमा बुधबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
नेपाली टोलीः
धिरोज कुमार बस्नेत (कप्तान)– ओपन स्पाइकर
रवि केसी– ओपन स्पाइकर
सन्तोष खत्री– ओपन स्पाइकर
अर्जुन नेपाली– क्विक स्पाइकर
रुपबहादुर गुराउ –अलराउन्डर
विष्णु बस्नेत– ओपन स्पाइकर
सफल बिक– क्विक स्पाइकर
सन्तोष महत्ता– क्विक स्पाइकर
हेमन्त मल्ल– अलराउन्डर
वेदप्रकाश जोशी– सेटर
सम्राट भण्डारी– सेटर
गौरब पाण्डे–लिबेरो
भिमराज गुरुङ– लिबेरो
बीच भलिबल खेलाडीः
महिलाः
कोपिल उप्रेती
कमला पुन
पुरुषः
मानबहादुर श्रेष्ठ
दिल सुनार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार