देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न विश्व हिन्दू परिषदको माग
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार २२:४९:१
४ पुष, काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यावहारिक निर्णय सच्याउन माग गरेको छ ।
परिषदले एक विज्ञप्ती जारी गर्दै इम्बोस्ड नम्बर प्लेट प्रकरणको गम्भीर र संवेदनशील पक्ष भनेको संविधानसँग बाँझिने गरी निर्णय गरिएको बताएको छ । संविधानको धारा ७ अनुसार सरकारी कामकाजको भाषालाई व्याख्या गर्दै उपधारा (१) बमोजिम देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेर प्रष्ट पारेको जनाएको छ ।
सरकार वा मातहतका निकायहरूबाट कुनै पनि लिखित दस्तावेज वा लिपिबद्ध कार्यक्रमको कार्यान्वयनलाई नेपाली भाषाबाट मात्र गर्नु पर्ने भन्दै उसले अहिले जडान गर्न लागिएको इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी माध्यमबाट प्रिन्ट गरी वितरण गरी राज्य आफै संविधानप्रति उदासीन बन्न खोजेको आरोप लगाइएको छ ।
विज्ञप्तीमा विगत केही वर्ष अगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी लिपिको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत् इम्वोस्ड नम्बरको कार्यान्वयनमा रोक समेत लगाएको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको उल्लेख छ ।
नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले नेपाली भाषामाथिको ठाडो प्रहार हो । नेपाली भाषाको देवनागरिमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट लाद्न खोजिनु भनेको नेपाल र नेपालीका लागि अत्यन्त दुर्भाग्यपूर्ण निर्णय हुने निश्चित छ । नेपाल सरकार यातायात विभागको यस्तो निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेका राजनीति नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै गम्भीर विषय हो, विज्ञप्तीमा भनिएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि राष्ट्रको एकता, अखण्डता र विकासमा भाषाको महत्वपूर्ण योगदान हुन्छ । राष्ट्रिय भाषाले देशलाई भावनात्मक र सांस्कृतिक रूपमा व्यवस्थित गर्न मद्दत गर्दछ। भाषा नै वैचारिक आदानप्रदानको आधारभूत तत्व हो । नेपाली भाषा र देवनागरी लिपि वर्षौंदेखि नेपालका अधिकांश मानिसहरूको दैनिक जीवनको हिस्सा बनेको छ। नेपालको धार्मिक र सांस्कृतिक पहिचानलाई विस्थापित गराउन बारम्बार दुष्प्रयास हुनेगरेको छ । निजी स्वार्थसिद्धिका लागि राष्ट्र विरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथिनै कुठाराघात गरिरहेको तथ्य उजागर भैसकेको छ तसर्थ जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरितको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा र देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्नका लागि विश्व हिन्दू परिषद् नेपाल सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँद छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति
मंसिर १७, २०८१ सोमबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार